Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तुमा ट्रक पल्टिँदा एकजनाको मृत्यु

कपिलवस्तुमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका १ को चोर खोला स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको हो । ना.८ ख ३२१३ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा नेपालगञ्ज उपमहानगरपालिका २० बस्ने ३५ वर्षीय जमुना खटिक घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनुभयो । ट्रकमा सवार अन्य तीन जनाको अवस्था भने सामान्य रहेको छ । चालकलाई नियन्त्रणमा लिएर दुर्घटना बारे थप अनुसन्धान भइरहेको खरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma