Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

सिन्धुपाल्चोक : लिदीकाे पहिरोमा हराइरहेका थप ३ जनाको शव भेटियो

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीको पहिरोमा हराएकामध्ये थप तीनको शव भेटिएको छ ।

एक बालक र दुई महिलाको आज फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो ।

पाँच वर्षका सानुकान्छा दोङ तथा ४२ वर्षकी जिबिरानी दोङ र १८ वर्षकी ललिता दोङको शव फेला परेको हो । यससँगै शुक्रबार गएको पहिरोमा परेर ज्यान गुमाउने २८ जना पुगेका छन् ।

पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए । शव भेटिएका १५ पुरुष र १३ महिलामध्ये १४ जना बालबालिका मात्रै छन् । पहिरोमा हराइरहेका ११ जनाको खोजी कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma