Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अलपत्र परेकी चेलीको कृष्णनगरबाट उद्दार ।।

राम अवतार चौधरी
कपिलवस्तु, ४ भाद्र ।

आफन्त नेपालले गत राती करिब साढे ८ बजे तिर कपिलवस्तको कृष्णनगरबाट एक चेलीलाई उद्धार गरेको छ । चेलीलाई हुन सक्ने दुब्र्यबहारबाट जोगाउन मंगलबार बस पार्कबाट उद्दार गरिएको हो ।

दाङ घर भएकी १९ बर्षिय चेली परिवर्तित नाम जुनाले करिब ८ बर्ष देखि रोजगारीको सिलसिलमा भारतको बलारामपुर बस्दै आएकी दिदीलाई भेट्न जान भनि घरबाट मंगलबार निस्किएकी चेली कृष्णनगर पुग्दा राती अलपत्र परेकी हुन् । उनी घर फर्किन कुनै साधान तथा विकल्प नभएको गुनासो गरेपछि आफू भावुक हुँदै चेलीलाई उद्दार गरि आफन्त नेपालले कृष्णनगरमा सुरक्षित राखिएको कार्यालय प्रमुख केशर विश्वकर्माले जानकारी दिए ।

प्रमुख विश्वकर्माका अनुसार उक्त चेलीका आमा, बुवा बृद्धबृद्घा, एउटा दाइ त्यो पनि शारीरिक र मानसिक रुपमा अशक्त र उनि दैनिक मजदुरी गरी जिवीका चलाउने परिवारकी रहेको चेलीले बताए पश्चात् आफन्त नेपालले उनको अवस्था हेरि आफन्त नेपालको सुरक्षित आवास गृहमा राखी विभिन्न सीप उपलब्ध गराउने योजना रहेको बताइएको छ । लकडाउनको समयमा मात्रै ६ जना चेलीको उद्दार गरिएको साथै उनी जस्तै समस्यमा परेका सयौँ चेलीहरुलाई उद्दार कार्य गर्दै आएको आफन्त नेपाल कृष्णनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma