कृष्णनगरका १० प्रहरीमा सहित २४ जनामा कोरोना देखिएको छ । कोरोना नियन्त्रणका लागी खटिएका २२ जनामा लक्षण देखिए पछि पिसीआर गरिएको थियो । संक्रमण भएका १० जनालाई ज्वरो आउने श्वास फेर्न गारो हुने समस्या देखिएको थियो ।
बिहीबार थप भए पछि कपिलवस्तुका कोरोना संक्रमित हुनेको संख्या १ हजार ६ भएको छ । १९७ सक्रिय केस रहेका छ । जिल्ला सदरमुकाम तौलिहवामा १३७ र कृष्णनगर नगरपालिकामा ४७ संक्रमित उपचार गराएका छन् । आज थप भएका मध्ये ४ जना विद्यार्थी, ३ जना व्यापारी, ३ जना कर्मचारी रहेका छन् । नेपाल बैङ्क लिमिटेड, कृष्णनगर भन्सार कार्यालय, हुलाक कार्यालयका कर्मचारीका कोरोना देखिएको हो । बहादुरगन्जमा लिएका ३२९ स्वाब मध्ये २१८ को नजिता आउन बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले बताएका छन् ।

0Shares