Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

प्रदेश नम्बर ५ मा ५८ जना नयाँ कोरोना संक्रमित थपिए

प्रदेश नम्बर ५ मा ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलका अनुसार कपिलवस्तुमा २४, बाँकेमा १९, बर्दियामा ५, दाङ र रुपन्देहीमा चारचार तथा गुल्मी र पाल्पाका एकएक जनामा आज कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये ४७ जना पुरुष र ११ जना महिला छन् ।
थपिएका संक्रमितसँगै प्रदेशमा अहिलेसम्म ५ हजार ३ सय ४६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । संक्रमितमध्ये ४ हजार २९६ जना उपचारपछि निको भएका छन् । १ हजार ३१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको डा.पौडेलले जनाए । यस्तै, प्रदेशमा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma