Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी

गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार गएराति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्मको लागि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । निषेधाज्ञा अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । निषेधाज्ञा अवधीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । जिल्लामा तरकारी फलफूल तथा मासु पसल बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्नेछन् । दूध पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने÷गराउने कार्यमा अबरोध गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ । प्रशासनले चाडपर्वहरु मनाउँदा घरपरिवार मात्रै मिलेर मनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma