Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

नेकपा कार्यदलले प्रतिवेदन बुझायो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले आज अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले अपराह्न पौने ५ बजे प्रतिवेदन बुझाएको जनाएका छन्  पार्टीको विवाद समाधानका सूत्र पहिल्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदल गठनको निर्णय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । पार्टीका तीन पक्षको प्रतिनिधित्व हुने कार्यदल गठन भएको थियो ।कार्यदलले सर्वसम्मतिले प्रतिवेदन तयार पारेको थापाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma