Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अब सबै पालिकामा कम्तीमा ५ शय्याकाे अस्पताल, ३ अस्पताल काेभिड अस्पतालमा सूचीकृत

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण र ज्यान गुमाउनेको दर बढ्दै गएपछि सरकारले सङ्घ, प्रदेश र पालिकामा गरी ६ हजारभन्दा बढी शय्या थप गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार दुई सय दुई वटा शय्या थप भएका छन् । केन्द्रीय अस्पतालमा एक हजार, प्रादेशिक अस्पतालमा एक हजार नौ सय ५७ शय्या थप भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

यस्तै विभिन्न ६ सय ४९ पालिकामा तीन हजार दुई सय ४५ वटा शय्या थप भएका छन् । अस्पताल नभएका प्रत्येक पालिकामा पाँच वटा बेड थप भएका हुन् । हरेक अस्पतालमा जनशक्तिसहित शय्या थप गरिएको हो ।

यस्तै गरी सरकारले थप तीन वटा अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाण्डौको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो ।

यस्तै नेपालमा अहिलेसम्म २० जना कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । अहिलेसम्म सङ्क्रमण भएर निको भएका ४२ जनाले प्लाज्माका लागि रगत दान गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma