Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बामदेवलाई राष्ट्रियसभामा मनोनित नगरेर अर्थमन्त्री खतिवडालाई दोहोर्‍याउने ओलीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगर्ने संकेत गरेका छन् । एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय परिवर्तन भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘एकपल्ट उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो । त्यसपछि त्यो निर्णय सकिएको छ । यसअघि उहाँले पनि राष्ट्रिय सभाको चुनावमा नजाने भन्नु भएको थियो ।ु

प्रधानमन्त्री ओलीले सरकारका मन्त्रीहरु परिवर्तन गर्ने वा नगर्ने भन्ने जिम्मेवारी प्रधानमन्त्रीको विषय भएको बताए । ओलीले अर्थमन्त्री डा।युवराज खतिवडाले राम्रो काम गरेकाले दोहोरिने संकेत गरे । उनले भने, ुउहाँले राम्रो काम गर्नु भएको छ । दुई चार दिन बाँकी छ हेरौँ ।ु

प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन नहुने पनि बताएका छन् । आफू स्थिरताको पक्षमा रहेकाले अहिले कसैको आवश्यकताका लागि मुख्यमन्त्रीहरु परिवर्तन नहुने उनले प्रष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma