Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

युरोपमा अब लकडाउन आवश्यक छैन, निश्चित केही क्षेत्रमा भने लगाउन सकिन्छ : डब्लूएचओ

काठमाण्डौ – बेलायतले कोरोना भाइरस विरुद्धको खोप यो वर्षको अन्तिमसम्ममा दिन सकिने जनाएको छ । बेलायतको स्वास्थ्य मन्त्रालयले यो वर्षको अन्तिमसम्ममा खोप लगाउन सुरु गर्ने जनाएको हो ।

यस्तै विश्व स्वास्थ्य संगठनले कोरोना महामारीकै बीच आनीबानी सुधार्दै अगाडि बढ्नु पर्नेमा जोड दिएको छ । संगठनका युरोप निर्देशक हेन्स क्लुगले युरोपमा कोरोना भाइरसको सङ्क्रमण भए पनि राष्ट्रियस्तरमा अब लकडाउन लगाउन नहुने बताउनु भएको छ ।

उहाँले खोप नलगाउँदासम्ममा मानिसले आनीबानीमा परिवर्तन ल्याएर कोरोनासँग लड्नु पर्ने र आवश्यकता परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनु पर्ने बताएका बीबीसीले जनाएको छ । उहाँले आउँदा महिनामा कोरोनाको दोस्रो लहरको डर भए पनि राष्ट्रिय स्तरमा लकडाउन नगरी दूरी कायम, मास्कको अनिवार्य प्रयोग लगायतका स्वास्थ्य मापदण्ड अपनाउनु पर्नेमा जोड दिनु भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma