Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

रातो मच्छिन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन अपील

ललितपर -नेपाल भाषा मंका खललगायत जातीय खलः पुचःले रातो मच्छिन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन अपील गरेका छन् ।

१९ वटा जातीय खलः पुचःले संयुक्त वक्तव्य निकालेर कोरोनाको जोखिम भएकाले यस वर्ष नखःत्या नबोलाउन र नखःत्या नजान अपील गरेका हुन् ।

कोरोनाको जोखिमका कारण रथयात्रालाई औपचारिकता मात्र दिन लागिएको छ । आज रथलाई थोरै मात्रै तान्ने तयारी छ ।

अघिल्ला वर्षहरुमा रथलाई तानेर गावाहलमा पुर्‍याउने गरिन्थ्यो । तर अब थोरै तानेर औपचारिकता मात्रै पूरा गरिनेछ । रथ तान्ने दिन पाटनबासीले आफन्तहरुलाई घरमा बोलाउने र भोज गर्ने गर्छन्, जसलाई नखःत्या भन्ने गरिन्छ।

जातीय खलः पुचःहरुले यो पटक आफन्त नबोलाउन र नजान सबैलाई अपील गरेका हुन् । रथारोहण गरेको लामो समयसम्म रथयात्रा हुन नसकेपछि बिहीबार केही स्थानीयले रथ तान्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले रोक्दा झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma