Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

ब्यावसायीको आग्रह पछि कपिलवस्तुमा व्यावसाय खोल्ने समय तोकियो

कपिलवस्तु प्रशासनले लकडाउन खुकुलो पारेको छ । हिजो मात्र जिल्लाका चन्द्रौटाका व्यापारी तथा उद्योगा वाणिज्य संघले लकडाउनको बिकल्प खोज्न भन्दै ज्ञापन पत्र बुझाएका थिए । जिल्ला सुरक्षा समितिकोे बैठकले जिल्लाभरि लागू हुने गरी भदौ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरे पनि ब्यावासय खोल्न भने निश्चित समय दिइएको छ ।। अत्यावश्यक दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ८ बजेदेखि दिउसो १ बजेसम्म चल्न पाउनेछन् । होटल,चिया पसल,पान पसल खाजा घर बाहेकका पसल तथा ब्यावासय खोल्न पाइने भएको छ ।
हिजो शिवराज नगरका ५३ जना व्यावसायीहरुले कोभिड १९ कोरोनाका कारण पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगातार जारी गर्दै आइरहेको निशेधाज्ञाको अब विकल्प खोज्नु पर्ने जनाएका थिए । प्रशासनले गरेको निर्णयको स्वाग गर्दै युवा व्यासायी सरोज पौडेलले व्यापार व्यवसाय संचालन गर्नु पर्ने अन्यथा व्यावसायीहरु पलायन हुने अवस्था आएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma