Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

जनता समावादी पार्टिको गाउँपालिका स्तरीय बैठक सम्पन्न


जनता समावादी पार्टिको गाउँपालिका स्तरीय बैठक सम्पन्न
जनता समाजवादी पार्टिक कपिलवस्तुको विजयनगर गाउँपालिका स्तरिय बैठक सम्पन्न भएको छ । विहिबार पार्टि एकिकरण पछि पहिलो गाउँपालिका स्तरीय बैठक सम्पन्न भएको हो । राष्ट्रिय जनता पार्टि र समाजवादी पार्टिको एकिकरण पछि औपचारिक रुपमा पहिलो पटक गाउँपालिका स्तरिय बैठक बसेको हो ।
समायोजन पछि पार्टिलाई पालिका स्तरमा विस्तर गर्ने बैठकले निर्णय गरेको पूर्व समाजवादी पार्टिका जिल्ला उपाध्यक्ष रामनिवास पुरीले बताउनु भयो । बैठकले केन्द्रको निर्देशन अनुसार पार्टिको विजयनगर गाउँपालिका स्तरीय एकिकरण तथा समायोजन गर्ने निर्णय गरेको छ । समायोजनाका लागी अर्को बैठकबाट मिति समय र स्थान निर्धारण गरिने पुरीले बताउनु भयो । बैठकमा बोल्दै पूर्व समाजवादी पार्टिका जिल्ला उपाध्यक्ष पुरीले गाउँपालिकाले गरेका हरेक गतिविधीमा निगरानी गर्दै जनताको घर दैलो पुग्नु पर्ने बताउनु भयो । पार्टिलाई पहिलो स्थानमा ल्याउन अहिलेबाट नै कसरत गर्नु पर्ने जसका लागी जनतालाई सचेत गराउदै पार्टि विस्तार अभियानमा सबै लाग्नु पर्ने उहाँले बताउनु भयो ।
बैठक शन्तराम तेलीको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा जनता समाजवादी पार्टिका नेता रामनिवास पुरी, बाल जी प्रसाद चौधरी, राम प्रकाश चौधरी, असुनीकुमर चाई, मुजम्मिल हुसेन खाँ, अब्दुल गनी खाँ, सबनम बेगम र तुलसीराम भर लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma