Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

खाद्यले किन्ने भन्सार सहुलियतको चिनी दशैंसम्म नआइपुग्ने

सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने चिनी दशैंअघि नआउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढिलो गरी खरिद प्रक्रिया सुरु गर्दा दशैंअघि चिनी नआउने अवस्था बनेको हो ।

दशैंअघि नै चिनी आउने सम्भावना कम भएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले स्वीकार गरे । ‘विविध कारणले ढिलागरी प्रक्रिया सुरु हुँदा खाद्यको चिनी तिहारलाई मात्रै हुने भयो,’ सुवेदीले भने । दशैंमाभन्दा तिहारमा चिनी बढी खपत हुने भएकाले अभावलाई चिर्न चिनी आईसक्ने उनको दाबी थियो ।

कम्पनीले साउन १३ गते नै १० हजार मेट्रिक टन चिनी आयात स्वीकृति पाएको थियो । तर, दशैंका लागि खरिद गर्नु पर्ने चिनीको टेण्डर कम्पनीले दशैंको केहीदिनअघि मात्रै खरिद प्रक्रिया सुरु हुनेगरी आहृवान गर्‍यो । खाद्यले ४५ दिनको समयअवधि राखेर भदौ १६ गते १० हजार मेट्रिकटन चिनी आयात गर्न बोलपत्र आहृवान गरेको थियो ।

उक्त बोलपत्रअनुसार असोज २९ गते बल्ल प्रक्रिया पुगेका खरिदकर्ता छनोट हुनेछन् । खरिदकर्ता छनोट र एलसीको प्रक्रिया सुरु गर्न एक साता लाग्छ तर दशैं कार्तिक एक गतेबाट सुरु हुन्छ ।

उक्त प्रक्रियामा पनि छिटोगरी चिनी आयात भएमा खरिदकर्ता छनोटको कम्तीमा दुई साता चिनी नेपाल भित्रिने समय लाग्छ त्यती बेलासम्म दशैं सकिने छ ।

साल्ट टेड्रिङले खरिदकर्ता छान्यो

खाद्यसँगै एकै दिन चिनी खरिद गर्ने अनुमति पाएको अर्धसरकारी स्वमित्वको साल्ट ड्रेडिङले भने आयातकर्ताको टुंगो लगाएको छ ।

२० हजार मेट्रिक टन चिनी आयात गर्न साउन १९ गते पहिलो टेण्डर गरेको कम्पनीले प्रक्रिया नपुगेको आवेदन पछि ९ भदौमा १५ दिनको अवधि दिएर दोस्रो बोलपत्र आहृवान गरेको थियो ।

दोस्रो बोल पत्रको स्वीकृतिसँगै ठेक्का पाएका आयातकर्ताको पर्ममेन्स बोण्ड पर्खिएको कर्पोरेसनका विभागीय प्रबन्धक बृजेशकुमार झाले जानकारी दिए ।

‘कागजी प्रक्रिया सकिने क्रममा रहेकाले अबको दुई सातामै चिनी आयात सुरु भइसक्छ,’ झाले भने । दशैंको मुख्य किनमेल सुरु हुँदा बजारमा सहुलियतको चिनी पनि कोर्पोरेसनले पठाई सक्ने उनको दावी छ ।

अभावसँगै बजारमा मनपरी मूल्य 

चिनी व्यापारीको भर परेर अर्थमन्त्रालयले समयमै चिनी खरिद गर्ने सहमति नदिँदा बजारमाअहिले सहुलियतको चिनी हाहाकार छ । खाद्य व्यवस्था कम्पनी र साल्टट्रेडिङले ७२ रुपैयाँ किलोमा बिक्री गर्ने चिनी सकिएपछि चिनीको खुद्रा मूल्य एक सय रुपैयाँ नाघेको छ ।

नेपालमा वाषिर्क २ लाख ५० हजार मेट्रिक टन चिनीको खपत हुन्छ । नेपाली उत्पादकले एक लाख ७० हजार मेटि्रकटन हाराहारी मात्रै चिनी उत्पादन गरेको जनाएको छ ।

साल्ट ट्रेसिडङका अनुसार यस वर्ष करिब ८० हजार मेट्रिक टन चिनी बजारको माग अनुसार  अपुग हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma