Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

फोरजीको गति सुस्त

विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ । पहिलोपटक २०७३ पुस १७ गते नेपाल टेलिकमले काठमाडौँ उपत्यका र पोखरामा एकैपटक सुरु गरेर नयाँ पुस्ताको फोरजीको नेपालमा औपचारिक प्रवेश गराएको थियो ।
त्यसयता फोरजी सेवा विस्तारका लागि नेपालका तीनवटा दूरसञ्चार सेवा प्रदायकले यसमा अर्बौं लगानी गरे तर तथ्याङ्कले भने फोरजी प्रविधिका लागि गरिएको अर्बौं लगानीको प्रतिफल अझै लिन नसकेको देखिन्छ । उच्च गतिको मोबाइल इन्टरनेट सुविधासहितको फोरजी विस्तारको गति भने निकै ‘सुस्त’ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा नेपालमा जम्मा छ लाख २२ हजार मात्र फोरजी ग्राहक थपिएका छन् । फोरजीको यस्तो विस्तार पनि समान छैन । फोरजी विस्तारकै लागि करिब २० अर्ब रुपियाँ खर्चिएको नेपाल टेलिकमले गत आवमा जम्मा २६ ग्राहक मात्र थप गर्न सकेको छ । फोरजी सेवा सुरु गरेको तीन वर्ष आठ महिनाको यो अवधिमा टेलिकमका जम्मा आठ लाख ४४ हजार मात्रै फोरजी ग्राहक छन् ।
एनसेल तुलनात्मक रूपमा फोरजी ग्राहक विस्तारमा अगाडि देखिएको छ । गत आवमा एनसेलका छ लाख १८ हजार ग्राहक थपिएका छन् । यद्यपि ग्राहक विस्तारको यो सङ्ख्या पनि त्यति उच्च भने होइन । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलका अहिलेसम्म ३७ लाख ४७ हजार फोरजी ग्राहक छन् । फोरजीको प्रतिस्पर्धामा एनसेल अगाडि देखिन्छ ।
आश्चर्यजनक तथ्य त के छ भने तेस्रो ठूलो सेवा प्रदायक स्मार्ट टेलिकमका फोरजी ग्राहक ओरालो लाग्दै छन् । गत आवमा मात्रै स्मार्टले २१ हजारभन्दा बढी फोरजी ग्राहक गुमायो । प्राधिकरणका अनुसार पछिल्लोपटक स्मार्टका जम्मा दुई लाख तीन हजार फोरजी ग्राहक छन् ।
यसरी फोरजी ग्राहक लक्ष्यअनुरूप बढ्न नसक्नुमा सेवा प्रदायकका आफ्नै तर्क छन् । एनसेलले पर्याप्त फ्रिक्वेन्सी अभावमा फोरजीको विस्तार हुन नसकेको जनाएको छ । अहिलेसम्म ६६ जिल्लामा फोरजी ग्राहक पुगिसकेको दाबी गर्ने एनसेलले नौ सय मेगाहर्ज ब्यान्डमा आवश्यक फ्रिक्वेन्सी प्राप्त गर्नसके फोरजी विस्तारलाई बल पुग्ने स्पष्ट पारेको छ ।
ग्रामीण क्षेत्रमा फोरजी विस्तारका लागि लो ब्यान्डको फ्रिक्वेन्सी आवश्यक पर्छ, एनसेलले गोरखापत्रसँगको इमेलमा भनेको छ, “त्यसपछि मात्र यो आर्थिक र प्राविधिक रूपमा सम्भव हुन्छ । ” नेपाल टेलिकमले अहिलेसम्म ५८ लाखभन्दा बढीले आफ्नो फोरजी ‘सब्सक्राइब’ गरेको दाबी गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma