Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विजयनगरमा यसरी मनाइयो संविधान दिवस (तस्बिरमा)

कपिलवस्तुको विजयनगर गाउँपालिकामा शनिबार साझ दिप प्रज्वलन गरी संविधान दिवस हर्षोउल्लासका साथ मनाइएको छ । गाउँपालिका अध्यक्ष थापाले दिपावली गर्दै संविधानले दिएका संस्थागत मूल्य मान्यता र अधिकारलाई स्थानिय सरकारले सुनिश्चित गरेको बताउनु भयो ।

हरेको नागरिकको अधिकार सुनिश्चितताका लागी लामो सर्घष पश्चात पाएको संविधानलाई संस्थागत गर्नु सम्पूर्ण नेपालीको कर्तव्य समेत रहेको उहाँले बताउनु भयो ।
संविधान दिवसको अवसरमा गाउँपालिकाको वडा नं. १ मा नेकपा वडा कमिटीले दिपावली गर्दै संविधान दिवस मनाएको हो । गाउँपालिका वडा नं. १ भगीरामपुरमा हर्षोउल्लासका साथ नेपालको नक्सा बनाई दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले संविधानको मर्म र भावनालाई व्यवहारमा कार्यन्वयन गर्ने गरी काम गरेको बताउनुभयो । सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध रहेको उहाँले बताउनुभयो ।

नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका अधिकारहरूको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गास, बास,कपास,स्वास्थ्य, शिक्षा,रोजगार,सूचना लगायत सबै जनताको पहुँचमा हुनुपर्ने थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma