Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

भियतनाममा शक्तिशाली आँधी, ३ जनाको मृत्यु, १ सयभन्दा बढी घाइते

एजेन्सी । भियतनाममा केही दिनयतादेखि शक्तिशाली आँधी आएको छ । आँधीमा परी तीन जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । भियतनामका केही मध्य क्षेत्रीय प्रान्तहरुमा यो आँधी आएको छ ।नोउल नामको सो आँधीका कारण भौतिक संरचनाहर पनि भत्किएका छन् । यस आँधीमा परेर ११२ जना नागरिक घाइते भएका छन् । सो कुराको जानकारी भियतनामको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रले दिएको छ ।

भियतनामको मध्य प्रान्त थुवा हेन हाउमा तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रान्तमा ५० भन्दा बढी नागरिक घाइते भएका छन् । त्यस प्रान्तका १० घर भत्किएका छन् । त्यस्तै यहाँका २६ हजार भन्दा बढी नागरिक नराम्रोसँग प्रभावित भएका छन् ।  यसै वर्षको जनवरीमा पनि त्यहाँ ठूलो आँधी आएको थियो । त्यसमा परी करिब ७८ जनाको ज्यान गएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए । –सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma