Home Featured, जिल्ला समाचार, समाचार दलित मानव अधिकार निगरानी समितिको अध्यक्षमा पुनः परियार चयन
Featuredजिल्ला समाचारसमाचार

दलित मानव अधिकार निगरानी समितिको अध्यक्षमा पुनः परियार चयन

मोफसल खबर
असोज १३
दलित मानव अधिकारी निगरानी समितिको अध्यक्षमा पुन मिना परियार सर्व सम्मतबाट चयन हुनु भएको छ । परियारको अध्यक्षता ९ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मतबाट चय भएको छ ।

मन्तव्य राख्दै शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी


मंगलबार संस्थाको सातौं साधारण सभा र चौथों अधिबेशनबाट परियारको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा मन्नी सिल्पकार, सचिव कल्याणी खनेल, कोषाध्यक्ष जगदशि कोरी, सदस्यहरु शान्ति बुढाथोकी ,पनिज खाज्मा, केशर विश्वकर्मा र बाकी २ जनालाई पछि मनोनित गर्ने गरि सर्व सम्मतीबाट समिति चयन भएको अध्यक्ष परियारले बताउनु भयो । नयाँ समतिले संस्थालाई अझ शसक्त ढंगबाट अगाडी बढाउने र सामाजिक कुप्रथा र भेदभाव विरुद्धमा नयाँ ढंगबाट काम गर्ने अध्यक्ष परियारले बताउनु भयो ।

मन्तव्य राख्दै शिवराज नगरपालिका नेकपा नगर कमिटि अध्यक्ष दिनेश पुन

शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले दलित मानव अधिकार निगरानी समितिको सातौं साधारण सभा तथा चौथो अबिधेशनको उद्घाटन गर्दै समतामूलक समाज निर्माणमा सबै अगाडी बढ्नु पर्ने बताउनु भएको छ । समाजका हरेक नागरिक जब सम्म शिक्षित , सक्षम र समृद्ध हुदैन तब सम्म दलित भन्ने विभेद रहि रहने बताउनु भयो ।

कृषक नहकुल वि.क.लाई दोसल्ला ओढाई सम्मान गर्दै


२१ औं सताब्दीको अहिलेको समाजमा पनि मानव विच हुने जातिय विभेद तुच्छपूर्ण व्यवहार भएको प्रमुख अधिकारीले बताउनु भयो । दलित मानव अधिकार निगरानी समितिले दलितका अधिकारका द पैरवी गरेको र विश्व शिक्षा मार्फत इटा भट्टामा काम गर्ने मज्दुर बालबालिकाको अवस्थाको र उनीहरुको शिक्षाको विषयमा सराहनिय काम गरेको भन्दै प्रमुख अधिकारीे संस्थाको प्रशंसा समेत गर्नु भयो ।

कार्यक्रमका अथितिहरु


कार्यक्रममा संस्थाका अध्यक्ष मिना परियारले संस्थाले गरेका कार्यहरुको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समाजमा विद्यमान जातिय तथा लैगिंक विभेद अन्त्यका , मानव अधिकारको संरक्षण तथा अनुगम र बाल श्रम शोषण निवारण गर्नका लागी लामो समय देखि समाज रुपान्तण अभियानमा संस्थाले काम गरिरहेको परियारले बताइन । संस्थाले प्राथमिक रुपमा बाल श्रमशोषण निवारण, बाल अधिकार, मानव अधिकारको संरक्षण तथा सम्र्बद्धन, जातिय तथा लैगिंक विभेद, संस्थागत विकास र जीवीको पार्जनका लागि लघु उद्यमका क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आइरहेको समेत बताइन । संस्थाले विभन्न समयमा सडक बालबालिकाको उद्धार गरी नगरपालिकाको सहकार्यमा दियालो परिवार भरतपुर चितवनमा पठाएको छ । यस्तै बलाकृत बालिकाको घटनालाई संस्थाले प्रत्यक्ष रुपमा पिडितलाई उद्धार गरी कानुनी उपचारको प्रकृयामा लगेर घटना दर्ताको प्रकृयामा लगेको र पिडित बालिकालाई मनोपरार्मश समेत प्रदान गरेका परियारले बताउनु भयो ।

राष्ट्रिय गान गाउदै


कार्यक्रममा बोल्दै नगर उपप्रमुख शिवकुुमारी चौधरीले दलित मानव अधिकार निगरानि समितिले दलितको पक्षमामात्रै नभएर महिला ,श्रमिक बालबालिकको अधिकारको क्षेत्रमा समेत प्रत्यक्ष काम गर्दै आएको बताउनु भयो । कार्यक्रममा बोल्ने वक्ताहरुले बाल श्रमिको अधिकार र उनीहरु शिक्षाको विषयमा संस्थाले गरेको कार्यको प्रशंसा समेत गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष मिना परियारको अध्यक्षता, नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आथित्यता, उप प्रमुख शिवकुमारी चौधरीको विशिष्ट आथित्यता रहेको कार्यक्रममा नेकपा शिवराज नगर कमिटि अध्यक्ष दिनेश पुन, नेपाली काग्रेस नगर सभापति मधुसुदन पोखरेल, विभन्न संघ संस्थाका प्रमुख प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बाल श्रम दिवसको अवसरमा आयोजित निवन्ध प्रतियोगितामा प्रथम र द्धितिय हुने सुनिल बढई र चाँदनी बढई लाई पुरस्कृत गरिएको छ । साथै दलित पत्रकार महासंघ प्रदेश नं. ५ का अध्यक्ष चिन्ता परियार र कृषक नहकुल विकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर