Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

प्रजातान्त्रीक महासंघ कपिलवस्तुको अन्तरक्रीया ,, एक भएर अगाडी वढने उदघोष ।।

कृष्ण गैरे , १४ कपिलवस्तु
नेपाल प्रजातान्त्रीक महासंघ कपिलवस्तुले भेटघाट तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको छ । शिवराज नगरपालीका वडा न ६ विरपुरमा महासंघ कपिलवस्तुले प्रदेश न ५ का पदाधिकारीहरुसंग भेटघाट तथा अन्तरक्रीया कार्यक्रम सम्पन्न गरेको हो । नेपाल प्रजातान्त्रीक महासंघ प्रदेश न ५ का अध्यक्ष चित्र केशि , प्रदेश कोषाध्यक्ष जमसेर अली मिंया , महासंघका संगठन विभाग संयोजक चिरन्जीवी शर्मा पौडेल लगाएतका पदाधिकारी संग संगठनको भावी योजनाको विषयमा अन्तरक्रीया भएको महासंघ कपिलवस्तुका सभापति ईश्वरी प्रसाद पाण्डेले वताउनुभयो ।
कार्यक्रममा प्रजातान्त्रीक महासंघ विभिन्न वुद्धीजीवीहरु सामेल भएको नेपाली कांग्रेसको सुभेच्छुक संस्था भएकाले पार्टि भित्रवाटै गुट उपगुटको विल्ला भिराउने प्रयास भईरहेको प्रदेश ५ का संयोजक चित्र केशिले वताउनुभएको छ । संयोजक केशीले पार्टिको आसन्न महाधिवेशनमा प्रजातान्त्री महासंघमा आवद्ध व्यतmीहरु विभिन्न जिम्मेवारीमा पुग्नुपर्ने धारणा राख्नुभयो । कानुन व्यवसायीय , प्रध्यापक , प्रहरीका पुर्व विशिष्ट व्यतmीहरु लगाएतका समाजका वुद्धीजीवीहरुको संगठन प्रजातान्त्रीक संगठन भएकाले एकतामा जोड दिएर संगठनलाई वलीयो वनाउनुपर्ने वताउनुभयो ।
उहांले प्रजातान्त्रीक संगठनले पार्टि भित्रको गुटउपगुट नचिन्ने भएकाले भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । प्रदेश न ५ का कोषाध्यक्ष जमसेर अली मिंयाले उधोगी व्यवसायि , प्रवुद्ध व्यतmीहरुको संगठन भएकाले यसलाई मजवुत वनाउन सवै जिम्मेवार वन्नुपर्ने वताउनुभयो । महासंघले देशैभर उत्साहजन तरिकाले काम गरिरहेको वताउदै , विभिन्न रचनात्मक कार्यक्रमहरु अगाडी वढाउनुपर्ने वताउनुभयो । उहांले महासंघमा विगत देखि पार्टिमा राम्रो योग्दान गरेका व्यतmीहरु भएकाले उनीहरुलाई अगाडी वढाउनुपर्ने वताउनुभएको छ ।
कोषाध्यक्ष मिंयाले सरकारले गरेका गलत क्रीयाकलापको महासंघले रचनात्मक तरिकारले विरोध गर्नुपर्ने समेत वताउनुभयो । यस्तै प्रदेश सदस्य तथा संगठन विभागका संयोजक चिरन्जीवी शर्माले प्रजातन्त्रको रक्षाको निम्ती महासंघका सदस्यहरु एकजुट भएर अगाडी वढनुपर्ने औल्याउनुभयो । उहांले पार्टि भित्र पनि गलत राजनैतिक संस्कार हावी हुर्दै गएकाले नेतृत्वलाई सहि वाटोमा हिडन दवाव सिर्जना गर्नुपर्ने वताउनुभएको छ । उहांले विपिले स्थापना गरेको पार्टि जनमुखि भएर अगाडी वढनुको विकल्प नभएको वताउनुभएको छ ।
कार्यक्रममा महासंघ कपिलवस्तुका संयोजक ईश्वरी प्रसाद पाण्डेले कपिलवस्तुमा जिल्लामा महासंघले पुर्णता पाईसकेकाले अव आफनो काम र कर्तव्य तर्फ केन्द्रीत हुने प्रतिवद्धता व्यतm गर्नुभयो । उहांले लकडाउनको समयमा समीती विस्तार भएकाले कामहरु अगाडी वढाउन नसकेको अवश्थामा संगठनलाई चुस्त दुस्त गराउने वताउनुभएको छ । कार्यक्रम कपिलवस्तु संयोजक ईश्वरी प्रसाद पाण्डेको अध्यक्षता प्रदेश संयोजक चित्र केशिको प्रमुख आतीथ्यता , प्रदेश कोषाध्यक्ष जमसेर अली मिंया , सदस्य चिरन्जीवी शर्मा र रुपन्देहि कोषाध्यक्ष लक्षमण गौतमको विशीष्ट आतीथ्यतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma