Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

चन्द्रौटामा निर्माण हुने प्रदेश स्तरीय अस्पतालको जग्गा छनोट

प्रदेश न ५ सरकारको मन्त्रिपरिषदको वैठकले कपिलवस्तुको चन्द्रौटामा प्रदेश स्तरीय अस्पताल निर्माणको लागि जग्गा छनोट गरेको छ । प्रदेश स्तरीय सरुवा रोग नियन्त्रण अस्पतालका लागि शिवराज ५ महेन्द्र राजमार्ग उत्तर हाटबजार देखि पूर्व जवाई नाला देखि दक्षिण शिवराज उद्यान जाने बाटो देखि पश्चिम नौ विघा रुख नभएको जग्गा प्राप्तीको लागि माग गर्ने सिफारिस गरिएको मुख्यमन्त्रिका प्रेस सल्लाहाकार शेर बहादुर केसीले बताउनुभयो ।
प्रदेश स्तरीय अस्पताल चन्द्रौटामा निर्माण हुने भएपछि कपिलवस्तवासि खुसी भएका छन् । जिल्लाको पश्चिमि क्षेत्रमा अस्पताल नहुँदा स्थानियहरुलाई समस्या हुदँै आएको थियो । सय शैयाको निर्माण हुने उक्त अस्पतालको विषयमा अव स्वास्थ्य तथा जनसख्या मन्त्रालयले र बन तथा वातावरण मन्त्रालयलाई सिफारीस गरेपश्चात बन मन्त्रालयले अध्यान अनुसन्धान गरेर निर्माण गर्न अनुमती दिने छ । जिल्लालाई नै पायम पर्ने तथा खालि क्षेत्र रहेको स्थानलाई छनोट गरिएको प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताउनुभयो । प्रदेश स्तरी अस्पतालको भएकोले यस अस्पताल संचालनमा आएपछि स्थानियहरुलाई सहज र यस क्षेत्रको विकास हुने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma