Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

एकैदिन ५ हजार ८ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ, मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ८१८ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय २९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ ।त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्यले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma