Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

नेकपा शिवराज द्धारा शोक सभा

नेपाल कम्युनिष्ट पार्टी नेकपा शिवराज नगर कमिटिद्धारा शोक सभा सम्पन्न भएको छ । शिवराज नगरकमिटि सल्लाहाकार झग बहादुर खत्रीका बुबा देब बहादुर खत्रीको कात्तिक १ गते भएको निधनप्रति शोक सभा गरिएको हो । नेकपा जिल्ला सचिवालय सदस्य सिबी गहतराजको प्रमुख आतिथ्यता भएको सभाले खत्री परिवारप्रती समवेदना प्रकट गर्दै मृतकप्रति श्रदान्जली व्यक्त गरिएको छ । शिवराज नगर अध्यक्ष दिनेश पुन,नगरका सह ईन्चार्ज चुर बहादुर खड्का,नगर सचिव जगत पौडेल,नहकुल बिक,नगर सचिवालय सदस्य युवा नेता सरोज पौडेलले मृतक खत्रीको फोटोमा माल्यापण गरेका थिए । शिवराज नगरपालिका वडा २ निवासी खत्रीका छोराहरुको पार्टि प्रतिको योगदानको विषयमा प्रशंसा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma