Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

गाउँपालिकाका जनप्रतिनिधिको दशै भत्ता कोरोना विपत कोषमा

दिपक के.सी.
कपिलवस्तु कार्तिक ६
कपिलवस्तुको बिजयनगर गाउँपालिकाका जनप्रतिनिधिहरुको दशै भत्ता वापतको रकम कोरोना विपत कोषमा जम्मा गर्ने निर्णय भएको छ । गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको भत्ता वापतको रकम कोरोना नियन्त्रण कोषमा जम्म गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष्य गोपाल बहादु्र थापाले बताउनुभयो । “महामारी समयमा जनप्रतिनिधिहरुले पाउने भत्ताले आम नागरिकहरुमा लगानी गर्ने निर्णय गरेका छौ, अध्यक्ष थापाले भन्नुभयो “यो जटिल समयमा कसरी गाउँवासीलाई रोग बाट बचाउन सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ, ।” वडा सदस्यहरुको भत्ताको विषयमा कुनै पनि निर्णय भएको छैन ।
गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष,७ जना वडा अध्यक्ष र ६ जना कार्यापालिका सदस्यहरुको भत्ता वापतको रकम कोरोना विपत कोषमा राखिने वडा न ७ का अध्यक्ष दिनेश चौधरीले बताउनुभयो ।गाउँपालिकामा १५ जना जनप्रतिनिधिहरुको दशै भत्ता वापतको रकम रु १ लाख ७४ हजार हुन आउछ । जिल्लाका अन्य स्थानिय तहका जनप्रतिनिधिहरुले भने दशै भत्ता लिएका छन् ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधासम्बन्धी ऐनको दफा ७(४)मा चाडपर्वबापत सुविधा पाउने व्यवस्था छ । ऐनको अनुसूचीमा उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुखले एकमुष्ठ १५ हजार चाडवाड खर्च पाउने उल्लेख छ । वडाध्यक्षले १२ हजार, कार्यपालिका सदस्यले १० हजार र वडा सदस्यले ७ र ८ हजार दसैंभत्ता पाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma