Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

विजयनगरको विशवा खोलामा पुल बन्ने


दिपक के.सी.
कपिलवस्तु ,कार्तिक ८
कपिलवस्तुको विजयनगर गाउँपालिकाकोे विशवा खोलामा पुलको बन्ने भएको छ । गाउँपालिकाको दुर्गम गाउँ जोड्ने खोला पुल बन्ने भए पछि स्थानिय खुसी भएका छन । गाउँपालिकाको वडा नं. १ मा पर्ने नेवलगञ्ज विशवा खोलामा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बुधवार पुलको शिलन्यास गर्नुभएको हो । गाउँपालिकाको सुदुर पश्चिममा भौगोलिक बनोटले अति विकट क्षेत्रमा पर्ने विशवा खोलामा पुल अति आवश्यक रहेको भए पनि लामो समय पश्चात पुल निर्माण हुने भएको छ ।
अध्यक्ष थापाले शिलन्यास गर्नु भएको पुल करिब पुल ३ करोड ८४ लाखको लागतमा बन्ने उहाँले बताउनु भयो । पुल बनाउने जिम्मा सेटिक एनबी.जेभी. निमार्ण व्यवसायी बुटवल रुपन्देहीले पाएको र आगामी बर्ष फागुन मसान्त सम्म निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको अध्यक्ष थापाले बताउनु भयो ।
विशवा खोमा पुल बन्न लाग्दा वर्षौँदेखि झेल्दै आएका समस्याबाट मुक्त हुने स्थानीयहरुले बताएका छन् । वर्षायाममा पुल नभएको बेला कपिपयले ज्यानसमेत गुमाउनु परेको र अब उक्त समस्याले अकालमै कसैले पनि ज्यान गुमाउनु नपर्ने स्थानीय कृपाल चौधरीले बताउनुभयो ।
अध्यक्ष थापाल विकट गाउँ र गाउलेको समस्यालाई प्राथमिकतामा राखी पुल निर्माणको कार्य अगाडी बढाएकोमा स्थानियले अध्यक्ष थापालाई धन्यवाद दिएका छन । अध्यक्ष थापा कै अगुवाईमा पुल बन्ने भए पछि बर्षौ देखि ‘ आवतजावत गर्न, छोराछोरीलाई विद्यालय पठाउन निकै समस्या थियो, बाढी आउँदा घण्टौसम्म कुरेर बस्नुपर्ने बध्यता अब हट्नेभयो’ स्थानिय नारायण चौधरीले भन्नुभयो । जवाबैराठ, नेवलागञ्ज, गोबरहवा, नौडिहवा, तिलकहवा, मधनगरा लगायत दर्जनौ गाउँका मुख्य बाटो नै विशवा खोला भएकोले खोलामा पुल नहुदाँ यहाँका स्थानियलाई बर्षाको समयमा अवतजावतमा जोखिम माल्नु पर्ने समस्या टर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma