Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

११ दिनपछि ओली र प्रचण्डको भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै २ घन्टासम्म पछिल्ला घटनाक्रमका विषयमा छलफल भएको छ । बालुवाटार स्रोतका अनुसार कर्णालीको विवाद, रअ प्रमुखको नेपाल भ्रमण, पर्सा घटना र कोरोना भाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ । यी विषयमा सचिवालय बैठकमा छलफल गर्ने सहमति भए पनि सचिवालय बैठक कहिले बोलाउने भन्ने विषयमा अन्यौलता देखिएको छ ।सचिवालय बैठकको माग गर्दै पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले अध्यक्षद्वयलाई लेखेको पत्रका विषयमा छलफल भएको स्रोतको भनाइ छ ।

१२ दिनअघिदेखि अध्यक्षद्वयबीचको संवादहीनता आज तोडिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछिको समाधानका विषयमा भनाभन भएपछि दुई अध्यक्षबीच संवादहीनता थियो । पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्ना दूत पठाएर भेटवार्ताका लागि आग्रह गरेका थिए ।ओलीले महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्बाङ, प्रदीप ज्ञवाली र शंकर पोखरेललाई खुमलटार पठाएर संवादका लागि आग्रह गरेका थिए । तर, प्रचण्डले संवादको कुनै औचित्य नभएको भन्दै अस्वीकार गर्दै आइरहेका थिए ।

मन्त्रिपरिषद् पुनर्गठन र हेरफेर, राजदूतको एकतर्फी नियुक्ति, कर्णाली प्रकरण, पर्सामा आफ्नै पार्टीका नेताको हत्या हुँदा प्रहरीले जाहेरी दर्ता नगरेको विषय र भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग प्रधानमन्त्रीको कुटनीतिक मर्यादाविपरितको भेटवार्ताका कारण नेकपाभित्रको विवाद उत्कर्षमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma