कपिलवस्तु –नेपाल कम्युनिष्ट पार्टि नेकपा कपिलवस्तुले शोक सभा सम्पन्न गरेको छ । नेकपा जिल्ला कार्यालय सदस्य कपिलदेब खनालकी ममतामय आमा लुक कुमारी खनालको निधन प्रति शोक सभा गरीएको हो ।

शिवराज नगरपालिका वडा ३ बस्ने ८० वर्षीय खनालको कार्तिक १६ गते भएको निधनले नेकपालाई अपुरणिय क्षती पुगेको भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ । शोक सभालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटि सदस्य तषा पुर्व कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले मृतक आमाले पाटिलाई गरेको योगदानको स्मरण गर्नुभयो । खनालले छोराहरुको राजनितिक भविष्यको सफलताको कामना समेत गर्नुभयो ।

नेकपा केन्द्रिय कमिटि सदस्य डोर प्र उपाध्यय, प्रदेश कमिटि सदस्य क्षेत्र बहादुर खत्री,जनी बन्जाडे ,बालकराम बुढा,अब्दुल रहुफ लगाएतले दुख व्यक्त गरेका थिए । नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रलले मृत आत्मको शिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रती समवेदना प्रकट गर्नुभयो ।

0Shares