Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कम मुल्यमा धान खरिद गरेको भन्दै कपिलवस्तु प्रशासनको अनुगमन

धानको समर्थन मूल्यमा व्यापारीले खरिद नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुगमन गरेको छ । जिल्लाका विभिन्न गल्ला भण्डारहरुले तोकिएको मूल्य भन्दा कम मुल्यमा धान खरिद गरेको निवदेन परेपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारीले गणेश नेपालीले बताउनुभयो । अनुगमन पछि व्यापारीहरुले धानको कम मुल्य दिनुका साथै पल्लोभारी,विविध खर्च तथा तौलको समेत थप मुल्य जोडने गरेको नेपालीले जनाउनुभयो । “कृषकहरु मर्कामा परेका छन्, नेपालीले भन्नुभयो “केहि दिनमा नगरपालिका,व्यापारी,उद्योग तथा कृषकहरु सँग बैठक सरकारको निर्णयलाई कार्यन्वयन गराउनेछौ,।”
सरकारले धानको मूल्य तोक्दा कृषकमा देखिएको उत्साह भएको भएपनि धान बेच्नेबेला कृषकहरु मर्कामा परेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ भने मसिनो जातको धानको २ हजार ८ सय ८५ तोकेको छ । तर प्रतिक्विन्टल १ हजार ८ सयमै बिक्री गर्नुपर्ने बाध्यता यहाँका किसानलाई रहेको चौधरीले बताउनुभयो ।
सरकारले तोकेको उक्त मूल्यमा खरिद गर्ने केन्द्र पनि कपिलवस्तुमा छैन । मल बेच्न गठन भएका कृषि सहकारीसमेत धान खरिदका लागि तयार नभएपछि जिल्लाका किसान थप मारमा परेका हुन्। कृषकबाट समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिने नीति भए पनि कपिलवस्तुका सहकारीले चासो दिएका छैनन्। कृषकहरूको गुनासो आउन लागेपछि प्रशासनले व्यापारीहरुलाई समर्थन मूल्यमा खरिदका लागि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma