Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

केन्द्रिय सदस्य पदका उम्मेदवार मियाँ भन्छन् : जितको नजिक छु

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा उम्मेदवारा जम्सेर अलि मियाँले जितको नजिक रहेको बताएका छन् । मियाँले भोली हुने मतदानमा केन्द्रिय सदस्य पदमा निर्वाचित हुने दावि गरेका छन् ।
उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको ५४औँ बार्षिक साधरण सभा जारी रहँदा चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमशेर अलि मिया केन्द्रीय सदस्यको लागि मुस्लिम समुदायबाट एकमात्रै व्यक्ति चुनावी मैदानमा छन् । उनी बिगत २०६२ सालदेखि लगातार रुपमा एक कार्यकाल बाहेक अध्यक्षको रुपमा रही उद्योगी व्यापारीहरुको हक हितमा कार्य गर्दै आइरहेका व्यक्ति हुन् ।
महासंघको इतिहासमा पहिलो पटक युवा उद्यमी जमशेर मुस्लिम समुदायबाट पहिलो र एकमात्र केन्द्रीय सदस्यको उम्मेद्वार हुन् । उनी लुम्बिनी प्रदेशबाट (प्रदेश ५) केन्द्रीय सदस्यको लागि चुनवी मैदानमा छन् । मियाँका सर्मथकहरुले जित सुनिश्चित रहेको दावि गर्दे आएका छन् । समर्थकहरुले काठमान्डौ रहेर विभिन्न शाखाका अध्यक्ष सँग मत मागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma