नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा जम्सेर अलि मियाँले जित हासिल गरेका छन् । लुम्बिनी प्रदेश तर्फ बाट केन्द्रिय सदस्यमा उम्मेदावरी दिएका मियाँल प्रतिस्प्रधी दुई जनालाई पछि पार्दै जित हात पारेका हुन । उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको ५४औँ बार्षिक साधरण सभा जारी रहँदा चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमशेर अलि मिया केन्द्रीय सदस्यको लागि मुस्लिम समुदायबाट एकमात्रै व्यक्ति चुनावी मैदानमा थिए । उनी बिगत २०६२ सालदेखि लगातार रुपमा एक कार्यकाल बाहेक अध्यक्षको रुपमा रही उद्योगी व्यापारीहरुको हक हितमा कार्य गर्दै आइरहेका व्यक्ति हुन् ।
Facebook Comments Box