Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

जनप्रतिनिधिहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्वन्धि छलफल

कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधिहरु सग सुरक्षीत वैदेशिक रोजगार सम्वन्धि अन्तरक्रिया सम्पन्न भएको छ । शिवराज नगरपालिकाको वडा न ५ का सभाहलमा भएको कार्यक्रममा नेपाल बाट पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको बारेमा चर्चा गरिएको थियो । नेपाल सरकार र स्विस सरकारको दुई पक्षिय सम्झौतामा संचालित र हेल्बटास(जभखिभतबक) नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना तथा ईन्द्रेणी ग्रामिण विकास केन्द्रद्वारा आयोजना भएको उक्त कार्यक्रममा बैदेशिक रोजगारीको चुनौतीको बारेमा जानकारी गराइएको थियो । कोभिडका कारण अलपत्र परेर नेपाल आएका नेपालीहरु पुनः विदेश जाने अवस्था आएकोले स्थानिय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रमको सहजिकरण गर्दै कार्यक्रमका संयोजक नायारण पन्थीले वैदेशिक यात्राको चुनौतीका बाबजुद पनि जाने क्रम नरोकिएकोले अवस्था जटिल बन्दै गएकोे बताउनुभयो । नगरमा कार्यक्रम लागु भएको क्षेत्रका वैदेशिक यात्रामा गएकाहरुको तथ्याङक संकलन गर्ने काम भइरहेको समेत उहाँले बताउनुभयो । नगरका ४ वटा वडामा समुुह बनाएर वित्तिय साक्षरता,मनोसाजिक परमर्श कक्षा संचालन गरिने मनोसामाजिक परामर्श कर्ता चन्द्रा पोख्रेलले बताउनुभयो । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,उपप्रमुख शिवकुमारी थारु,प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल,वडा अध्यक्ष,कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma