राम अवतार थारु

लैंगिक हिंसा विरुद्घको १६ दिने अभियान विश्वभरी चलिरहँदा दियालो नेपाल कपिलवस्तुले भने निरन्तरता दिँदै आएको छ । यसैबीच जिल्लाको शिवराज नगरपालिका¬¬–३ को वडा कार्यालय खरेन्द्रपुरमा बुधबार लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
“लैंगिक हिंसा अन्त्यको प्रतिबद्घता, व्यक्ति, समाज र सबैको ऐक्यबदद्घता” भन्ने मुल नाराका साथ यहि मंसिर १० गतेबाट सुरुभएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत शिवराज नगरपालिकामा विविध कार्यक्रम भइरहेका छन् । यस अघि वडा नं.१ र २ मा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भइसकेको दियालो नेपालले जनाएको छ ।

शिवराज नगरपालिका नगर उप–प्रमुख शिवकुमारी थारुले हिंसा अभियान कार्यक्रमलाई सम्बोधन गर्दैले हिसांलाई शुन्यमा झार्न नसके पनि यस्ता अभियानको माध्यमबाट न्युनिकरण गर्न सकिने बताएकी छन् । समाजमा महिला मात्र नभएर पुरुषहरु पनि हिसांमा परेका घटनाहरु आफुसामु आउने गरेको बताइन् । उप–प्रमुख थारुले यस्ता दिवसको प्रभावले पछिल्लो समय समाजमा लुकेका महिला हिंसा र बलात्कारका घटनाहरु बाहिर आउने गरेको र अभियानले गर्दा नै मानिसहरुमा जागरण आएको तथा त्यसबारे खुलेर बोल्न सक्ने भएको थारु बताइन् । लैंगिक रुपमा चाहे त्यो पुरुष होस् या महिला जो कसैलाई हुनुहुँदैन भन्ने बताएकी छन् । पुरुषको तुलनामा महिला नै बढि घरेलु, लैंगिक, शारीरिक, पारिवारिक, मानसिक र सामाजिक लगायतका हिंसा खेप्दै आएको उनले उल्लेख गरिन् । तर अब भने महिला चुलो चौकोमा मात्रै सिमित नरहेर शिक्षि भएर सरकारको हरेक तह तप्का सम्म पुगेर देश र समाजका लागि योगदान पु्याउन जरुरी रहेको समेत नगर उप–प्रमुख थारुले जनाईन् ।

त्यसैगरी कार्यक्रम बोल्र्दै शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले समाजलाई कसरी अगाडि बढाउने भन्ने जिम्मा त्यो समाजका अगुवाहरुको हातमा हुने र त्यहि अनुसार नै समाज परिवर्तन हुने बताए । लैङ्गिक हिंसाको जड नै समाज भएकाले समाज परिवर्तनका लागि यस्ता दिवस आवश्यक भएको पनि अध्यक्ष सापकोटाले जनाए । हाम्रो समाजमा कम्जोर वर्गलाई दवाउने प्रवृति र लिंगकै आधारमा धेरै किसिमका हिंसाहरु हुने भएकाले हिंसा गर्ने छुट कसैलाई पनि नभएको जिकिर उनले जिकिर गरे ।
कार्यक्रममा महिला मानव अधिकारकर्मी मिना परियारले लैंङ्गिकतामा आधारित हिंसाविरुद्धको अभियान मनाइरहँदा लैङ्गिकतामा आधारित हिंसाको मूल कारणको बारेमा बहस वार्ता, छलफल हुनु जरुरी ठानेर यो दिवस मनाउन सुरु गरेको बताइन् । शिवराज नगरपालिकाको सहयोग र दियालो नेपालको आयोजनामा भएको कार्यक्रममा दियालो नेपालका अध्यक्ष तारा थापाको अध्यक्षता, शिवराज नगरपालिकाका उप–प्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यता, शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाको विशिष्ट आतिथ्यता, वडा सचिब, शिवराज नगरपालिका कार्यपालिका सदस्य, विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधी, स्वम सेविका, स्वास्थ्य कर्मचारी, लगायत ४० जनाभन्दा बढि महिलाहरुको सहभागिता साथै महिला मानव अधिकारकर्मी मिना परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0Shares