कृष्ण गैरे,कपिलवस्तु
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको तनहुँमा भएको गिरफ्तारीको कपिलवस्तुमा विरोध भएको छ ।नेपाल तरुण दल कपिलवस्तु र नेपाल विधार्थी संघले जिल्लाको तौलिहवामा राके जुलुश सहित विरोध प्रर्दशन गरेको छ । नेपाली कांग्रेसको पािर्ट कार्यालय देखि प्रशासन कार्यालय सम्म हजारौको संख्यामा राके जुलुश सहित पर्दशन गरिएको नेपाल विधार्थी संघका जिल्ला सचिव राजु खरालले बताउनुभयो ।
सरकारले आफना नेता पौडेललाई गिरफतार गरेर अधिनायकवादी चरित्र देखाएको उनीहरुले आरोप लगाएका छन । विरोध सभालाई तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी , नेविसंघका जिल्ला सभापति राकेश पाण्डे , युवा नेता अजय थापा , तरुण दलका क्षेत्रीय सभापति तिलक थापा , नेविसंघका जिल्ला सदस्य परमेश्वर पाण्डे लगाएतले संम्वोधन गरेका थिए । युवा तथा विधार्थीहरुले सरकारले आफनो रवैया नसच्याए आन्दोलन थप शशतm वनाउने चेतावनी दिएका छन । उनीहरुले केपी ओली नेतृत्वको भ्रष्ट सरकार तानासाही वन्दै गएको आरोप लगाएतका छन । कोण सभा तरुण दलका जिल्ला सभापति शतmी सिंह ठकुरीको सभापतीत्व र नेपाल विधार्थी संघका जिल्ला सचिव राजु खरालको संचालन सम्पन्न भएको थियो ।

0Shares