Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्नेमा जोड

माधव बेल्बासे
चन्द्रौटा,कपिलवस्तु,२० मसिर
शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले गुणस्तरिय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । विद्यार्थीहरुको भविष्य शिक्षकको हातमा हुने भन्दै नगरमा शिक्षकहरुको अभाव रहेको जनाउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगरसमितिको चन्द्रौटामा भएको नगर परिषदलाई सम्बोधन गर्दै अधिकारीले शिक्षालाई गुणस्तरिय बनाउँन नगरले वार्षिक रु २ करोड खर्च गर्ने गरेको बताउनुभयो ।
शिक्षकहरुको केहि गुनासाहरुलाई सम्बोधन गर्न नसकिएको बताउँदै शिक्षालाई अगाडी बढाउन निरन्तर लागि पर्ने जनाउनुभयो । जिल्लाको पश्चिम क्षेत्र पहिले देखिनै शिक्षामा पछाडी रहेको यसलाई उकास्न केहि समय लाग्ने बताउनुभयो । शिक्षाका कार्यक्रमहरुमा शिक्षकहरु सँग समन्वयन गरेर संचालन गर्ने प्रमुख अधिकारीले प्रतिबद्धता जनाउनुभयो । परिषदमा सचिव गोपाल भाटले सामाजिक प्रतिवेदन र कोषाध्यक्ष अतिराम अलिले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय संगठन जिल्ला अध्यक्ष रमेश पन्थीले कोभिडका कारण बन्द रहेका विद्यालय संचालन नहुदा पठनपाठन प्रभावित भएको बताउनुभयो । अन्य क्षेत्र खुला गर्दा समेत विद्यालय संचालन गर्ने तयारी नहुदा नेपाल राष्ट्रिय शिक्षक संगठनको पहलमा विद्यालय संचालन गरिएको उहाँले जनाउनुभयो । संचालनमा रहेका विद्यालय अझै पनि स्वास्थ्य मापदण्डमा नरहेका कारण स्थानिय सरकारले सहयोग गर्नुपर्ने बताउँनुभयो । देश संघिय संरचनामा गएपछि शिक्षामा केहि पृथक योजना आउने आशामा रहेपनि त्यसो हुन नसकेको बताउनुभयो । शिक्षा स्थानिय सरकार मातहत हुने भएकोले गुणस्तरीय नयाँ आयम ल्याउनु सुझाव दिनुभयो । बन्दाबन्दीको समयमा जोखिम मोलेर काम गरेका शिक्षकहरुको धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्रिय संगठन नगरसमितिलाई सहयोग गर्ने चार जनालाई सम्मान गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी,नेकपाका नगर ईन्चार्ज लंक हमाल,व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल र शिवराज नगरपालिकाका शिक्षा शाखा अधिकृत पुर्ण विकलाई करुवा र सम्मान पत्रले सम्मान गरिएको छ । नेपाल राष्ट्रिय संगठनका नगर अध्यक्ष गिरी प्रसाद गैरेको अध्यक्षतामा रहेको कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारु,नेकपा नगर अध्यक्ष दिनेश पुन,ईन्चार्ज लंक हमाल,व्यापार संघका अध्यक्ष महादेव पोख्रेल,वडा अध्यक्ष टेकलाल सापकोटा,शिक्षा शाखा अधिकृत पूर्ण विकले सफलताको कामना गरे ।
उक्त कार्यक्रमका बिच शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटले संघलाई नगद १० हजार १ सय सहयोग प्रदान गर्नुभएको छ । संगठन संचालनमा सहज होस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरेको सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma