काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए ।  त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन 

0Shares