Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज जेसिजको अध्यक्षमा सापकोटा चयन

माधव बेल्बासे
चन्द्रौटा कपिलवस्तु
शिवराज जेसिजको वर्ष २०२१ को अध्यक्षमा बुद्धिसागर सापकोटा चयन हुनुभएको छ । शिवराज जेसिजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटालाई निर्विरोध चयन गरेको हो । त्यस्तै कार्यकारणि उपाध्यक्षमा कबिराज अधिकारी,मधु सिग्देल,महासचिवमा खगेश्वर गिरी,उपाध्यक्षमा केशव खनाल,विष्णु भुसाल,मदन सापकोटा,गणेश जिसी,कोषाध्यक्षमा कृष्ण कार्की र कानुनी सल्लाहाकारमा वाइपी पौडेललाई चयन गरिएको निर्वाचन समितिको संयोजक तथा संस्थापक अध्यक्ष सरोज पौडेलले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका पौडेलले युवाहरु एकजुट भएर सभ्य समाज निर्माणमा जेसिजको योगदान रहेको बताउनुभयो । संस्था स्थापना कालदेखि नै समाजसेवामा केन्द्रित रहेको भन्दै प्रत्येक वर्ष नेतृत्व परिवर्तन गरेर नमुना काम गरेको उल्लेख गर्नुभयो । अब देशकै नेतृत्वमा युवाहरुमा आउने बताउदै बुढापाकाहरुले अब बिश्राम लिनुपर्ने बताउनुभयो । वर्ष २०२० का अध्यक्ष विजय सापकोटाले एक वर्षे कार्यकालमा समितिका सदस्यहरुले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कोरोना महामारीको बिच स्वास्थ्य सामाग्री बितरण,प्रशासनमा हिटर बितरण,कम्बल बितरण लगाएतका सामाजिक कार्यहरु सम्पन्न भएको सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma