Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

कपिलवस्तुका वन व्यवस्थापन बीच छलफल कार्यक्रम सम्पन्न ।।

राम अवतार चौधरी
कपिलवस्तु, २५ मंसिर ।

वैज्ञानिक वन व्यवस्थापन संजाल कपिलवस्तुले छलफल तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको शिवराज नगरपालिका–३, खरेन्द्रपुर स्थित कपिलवस्तु साझेदारी वनको कार्यालयमा बिहिबार कार्यक्रम सम्पन्न भएको हो ।

डिभिजन वन कार्यालय कपिलवस्तु अन्र्तगत गठित वैज्ञानिक वन व्यवस्थापन संजालले गौतम बुद्घ डिभिजन वन कार्यालय चन्द्रौटामा वैज्ञानिक व्यवस्थापन अनुरुप जिल्लामा रहेका १३ वटा सामुदायिक वन उपभोक्त समूह र ३ वटा साझेदारी वन व्यवस्थापन बीच छलफल तथा परिचयात्मक कार्यक्रम गरिएको जनाईएको छ ।

तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश पाण्डेले परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै देशमा वैज्ञानिक वन भनेको वन विशेषाज्ञले गरेको काम हो, यो प्रणाली सामाजिक, आर्थिक वातावरणीय र दिगो वन व्यवस्थापन प्रणाली हो त्यसले राष्ट्रको अर्थतन्त्रमा टेवा पु्याएको उनले जिकिर गरे । सरकारले वन व्यवस्थापनका लागि गरेको नीति परिमार्जन गर्नुपर्नेमा जोड् दिँदै जनसमुदायको हित विपरित भएको अध्यक्ष पाण्डे आरोप लगाए । त्यसैले साझेदारी, सामुदायिक वन उपभोक्तमा पर्न गएको असरलाई ध्यानमा राख्दै सरकारले फुकुवा र कार्ययोजना अनुसार वन व्यवस्थापन गर्न दिनुपर्छ साथै नगरे यो संजालले वन व्यवस्थापनका लागि कडा कदम चालन बाध्य हुने पाण्डेले बताए ।

वैज्ञानिक वन व्यवस्थापनकी संयोजक रेनु सेनको अध्यक्षतामा भएको कार्यक्रममा अधिकांश वक्ताहरुले वैज्ञानिक वन व्यवस्थापनमा आफूहरुको उल्लेखनिय योगदान रहेको जनाउँदै संजालले उठाएको आवाज प्रति सरकारको ध्यान जान आवश्यक छ । वनको दिगो व्यवस्थापन गर्दै वैज्ञानिक वन बनाउन जरुरी रहेका बताउँदै कैलाली कञ्चनपुरको घट्ना सामुदायिक वनको लडाइ नरहेको उल्लेख गर्दै विदेशी संस्थाको प्रलोभनमा परि बर्षौ देखि हराभर बनाउँदै वन व्यवस्थान सम्बन्धि संघ संस्था खारेज गर्न लागेको दावी समेत गरेका छन् ।

उक्त कार्यक्रममा कपिलवस्तु साझेदारी वन व्यवस्थापनका अध्यक्ष गंगेशनाथ तिवारी, जानकी प्रसाद यादव, जगदम्बा प्रसाद चौधरी र कपिलवस्तु जिल्ला भरीका सामुदायिक वनका प्रतिनधि लगायतको सहभागिता साथै संजालका सचिव सूर्य बहादुर मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma