Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

शिवराज जेसिज द्धारा १५ हजार सहयोग

शिवराज जेसिजले एक अपागंता भएका युवालाई आर्थिक सहयोग गरेको छ । शिवराज नगरपालिका ५ चन्द्रौटा निवासी बुब्लु बुढा मगरलाई नगद रु १५ हजार सहयोग गरेको छ । ४ महिना अघि वैदेशिक रोजगारीका क्रममा दुबैमा बुढाको दायाँ खुट्टा काटिएको थियो ।
शिवराज जेसिजका पुर्व अध्यक्ष बिजय सापकोटा,सरोज पौडेल,उपाध्यक्ष केशव खनाल, कानुनि सल्लाहाकार वाई पि पौडेलको सहभागितामा उक्त रकमको चेक हस्तानतरण गरिएको हो । शिवराज जेसिजका सस्थापक अध्यक्ष सरोज पौडेलले जेसिजले युवाहरुलाई परेका समस्याहरुमा मलम लगाउने प्रयास गरेको बताउनुभयो ।बैदेशिक रोजगारीमा रहेका बेलामा भएको दुखद घटना प्रति दुख व्यक्त गर्नुभयो । आर्थिक अवस्था कमजोर रहेका बुढालाई थोरै रकमले भएपनि जिविको पार्जनमा सहज होस भन्ने उद्देश्यले सहयोग प्रदान गरेको पुर्व अध्यक्ष बिजय सापकोटाले बताउनुभयो । युवाहरु बैदेशिक रोजगारी भन्दा देशमै केहि काम गर्नुपर्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma