राम अवतार चौधरी
कपिलवस्तु, २७ मंसिर ।

राष्ट्रिय जनमोर्चा कपिलवस्तुले शिवराज–५, चन्द्रौटामा विरोध कार्यक्रम शनिबार सम्पन्न गरेको छ । “राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौँ, संघियताको खारेजी गरौँ” भन्ने मल नाराका साथ सञ्चालन भएको अभियान एक साता अहिले देशैभरी चलिरहेको राष्ट्रिय जनमोर्चा कपिलवस्तुले जनाएको छ ।

यसैबीच अखिल नेपाल किसान संघका केन्द्रिय उपाध्यक्ष शिव पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै संघियता खारेज भएको बताएका छन् । देशमा महंगी बढेको बताउँदै कर्मचारी समेत पालन गाह्रो भेैरहेको अवस्थामा गणतन्त्र धरापमा परेको उनले बताए । गणतन्त्र धरापमा परे संगै प्रचण्ड र ओलीको लडाइले गर्दा राजवादीहरु सलबलाउने मौका पाएको उपाध्यक्ष पौडेलले जनाए । तर देश र जनतालाई राजतन्त्र होइन् सोही गणतन्त्र चाहिएको उल्लेख गर्दै सुधार गरेर देशमा विकाससँगै समृद्घि ल्याउनुपर्ने पौडेलले बताए ।

विरोध कार्यक्रममा बोल्ने अधिंकाश वक्तहरुले बहुदलियको विकल्पमा राजतन्त्र होइन् गणतन्त्र सुधार गरेर अग्रसर हुनुपर्नेमा जोड दिए । जनताले राजतन्त्र २ सय ५० बर्ष भोगिसकेकाले बहुदलिय व्यवस्थाको विकल्पमा गणतन्त्र नै देशलाई आवश्यक रहेको बताईएको छ ।

उक्त कार्यक्रममा राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आर्चायको अध्यक्षता, राष्ट्रिय जनमोर्चको जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासे, अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) केन्द्रिय सदस्य केरसिङ अदै लगायतको सहभागिता र चेतनारायण खनालको सञ्चालन रहेको थियो ।

0Shares