Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ः सदस्य केसी ।।

राम अवतार चौधरी
कपिलवस्तु, २८ मंसिर ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । सहज वचत तथा ऋण सहकारी संस्थाको १३आंै साधारण सभा तथा छैंठौं अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै केसीले यस्तो बताएका हुन् ।

प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर देशलाई समृद्घ बनाउने योजनामा सदैब तयार रहेको उनले बताए । विकासको लागि कृषि क्षेत्रमा समृद्ध हुनुपर्ने जनाउँदै सहकारी संस्थाहरुले कृषिमा आमुल परिवर्तन गर्न आवश्यक रहेको समेत सदस्य केसीले जनाए । काम गर्ने किसानलाई सरकारले दिने अनुदान उपलव्ध गराउने प्रतिबद्घता व्यक्त गरे । सहकारीले बचत र ऋणको मात्र कारोवार गर्ने गरेकोले जिल्लामा रहेको हरेक सहकारीले अब रोजगार र उत्पादनको क्षेत्रमा विकास गरे मात्र समृद्ध नेपाल बनाउन सकिने बताए । सदस्य केसीले सदस्यको संख्या बढाउने पुँजी बढाउने मात्र काम नगरि सामाजिक क्षेत्रमा लगानी गर्न समेत उनले सुझाए ।

कृषि क्षेत्रमा काम गर्न चाहाने सदस्यहरुलाई सहज रुपमा ऋण उपलव्ध गराउनुका साथै सहकारीमा शेयर सदस्यको संख्या उच्च रहेकोले पुँजी बढाई सामाजिक र उत्पादमूलक क्षेत्रमा लगानी गर्ने सँगै सहकारीका शेयर सदस्यलाई सहज रुपमा सेवा प्रदान गर्ने र सहकारीमा ३ करोड ४० लाख ७९ हजार ९ सय ४४ रुपैयाँको बरावरको कोराबार भएको सहकारीले प्रतिवेदनमा उल्लेख गरिएको छ । सो कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल, टुक प्रसाद अर्याल लगायतले शुभकामना व्यक्त गरे ।

यसैबीच जिल्लाको शिवराज–५ चन्द्रौटामा रहेको सहकारीको आइतबार सम्पन्न भएको छँैठौँ अधिवेशनबाट ९ कार्य समिती गठन भएको छ । जसको अध्यक्षमा लिलामणी पौडेल, उपाध्यक्षमा अनिता गैरे, सचिवमा सीता बुढाथोकी, सहसचिवमा प्रेम कुमारी कंडेल, कोषाध्यक्षमा रमा बेल्बासे सदस्यमा चित्रकला बलामी लगायत अन्य गरी ९ कार्यसमिती गठन भएको छ । त्यसैगरी लेखा समितीको संयोजक लक्ष्मी आर्याल शर्मा लगायत चयन भएका पदाधिकारीहरुबाट सञ्चालक समिती र सुपरिवेक्षण मनोनयन गर्ने सहकारीले जनाएको छ ।

उक्त सहकारीको अध्यक्ष दिपक खड्काको अध्यक्षता, प्रदेश सांसद अर्जुन केसीको प्रमुख आतिथ्यता, सहकारीको ६५ वटा स–साना समूहहरुको सदस्यहरुको सहभगिता र सहकारीका व्यावस्थापक कल्लु थारुको संचालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma