शिवराज जेसिजद्धारा सुपादेउराली मन्दिरलाई ट्याङ्की सहयोग गरिएको छ । मन्दिरमा रहेको शौचालयमा पानी संकलन गर्नको लागि दुई थान पलाष्टिक ट्याङ्की सहयोग गरेको शिवराज जेसिजका अध्यक्ष बुद्धिसागर सापकोटाले बताउनुभयो ।
पछिल्लो समय धार्मीक एवम पर्यटकिय स्थलको रुपमा विकास हुदै गएको मन्दिरमय दैनिक रुपमा मानिसहरुको भिडभाड हुने भएपनि शौचालयमा पानी संकलन गर्ने ट्याङ्की नहुदाँ फोहोर रहेको थियो । शिवराज जेसिजका पुर्व अध्यक्ष बिजय सापकोटा नेतृत्वमा उक्त ट्याङ्की हस्तानरण गरिएको हो । मन्दिर व्यावस्थापन समितिका उपाध्यक्ष छबिलाल पराजुली र सचवि कपिलदेब खनाललाई ट्याङ्की हस्तानरण गरिएको हो ।

0Shares