Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

सहयोग गर्न स्थानीय तह संग आंखा अस्पतालको आग्रह

नेपाल नेत्र ज्योति संघ छन्द कालेबाबु नारायणी आँखा अस्पतालले स्थानिय तहलाई सहयोगको लागी आग्रह गरेको छ । आंखा अस्पतालमा भवन,स्वास्थ्य उपकरण लगाएतका साम्रागी अभाव भएकाले सहयोग गरि आंखा स्वास्थ्य अभियानमा सहकार्यका लागी आवहान गरेको छ । दृष्टिबिहिन न्यूनिकरण गर्न उज्यालो अभियान समेत संचालन गरेको छ । सानो लापरवार्हीले गर्दा मानिसहरुमा दृष्टिबिहिनको समस्या बढेकोले यसको न्युनिकरण गर्न अभियान संचालन गरेको अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले बताउनुभयो ।
कपिलवस्तुको चन्द्रौटामा आयोजना भएको आधारभुत आँखा स्वास्थ्य कार्यक्रममा पत्रकारहरुसँग सोमबार भएको छलफलमा थापाले कार्यक्रममलाई प्रभावकारी रुपमा संचालन गरिने जनाउनुभयो । लुम्बिनी प्रदेशमा दृष्टिबिहिनको सख्या व्यापक रहेकोले मानिसहरुलाई आँखा उपचार केन्द्र सम्म ल्याउन अभियान संचालन गरिएको बताउनुभयो।
अभियानको क्रममा विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी जनप्रतिनिधि लगाएतहरु सँग दृष्टिबिहिन न्यूनिकरणको लागि छलफल तालिमहरु संचालन गरिएको थापाले बताउनुभयो । लम्बिनी प्रदेशमा प्रत्येक वर्ष १६ हजार भन्दा बढी नागरिकहरु दृष्टिबिहिन हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै नागरिकहरु अझै पनि उपचारको पहुँचमा नरहेको बताउनुभयो । कपिलवस्तु जिल्लामा ४ हजार २ सय नागरिकहरुले मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने अबस्थामा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा आँखामा लाग्ने सामान्य रोग र उपचार, चोटपटक, आँखामा लगाउने औषधिको प्रयोग, स्वस्थ आँखाका लक्षणहरु, दृष्टि दोष लगायतका विविध विषयहरुमा आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक तथा ओ.पि.डि इञ्चार्ज ओपेन्द्र चन्दले जानकारी दिनुभएको थियो । स्वास्थ्य आँखा भएका नागरिकहरुले पनि वर्षमा एक पटक आँखा जाँच गर्नुपर्ने अस्पतालको प्रशासकिय अधिकृत जसराज विश्वकर्माले बताउनुभयो । आँखाको समस्यालाई सामान्य लिदाँ अन्धोपनको समस्या बढेकोले सर्तक रहन आग्रह गर्नुभयो । आँखा स्वास्थ्य कार्यक्रम राप्ती बहादुरगंज छन्द कालेबाबु नारायणि आखा अस्पतालका प्रशासनिक समितिका संयोजक शारदा चौधरीको सहभागितमा रहेको उक्त कार्यक्रममा २० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma