Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

गणेशपुरमा २ करोडको प्रहरी भबन बन्दै

कपिलवस्तु चन्द्रौटा,२ पुष
लम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले हुलाकी मार्गले स्थानियहरुलाई अवसर दिने बताउनुभएको छ । हुलाकीमार्ग निर्माणको काम भइरहेको बताउदै पुर्व देखि पश्चिम सम्म स्थानियहरुलाई बजारीकरणमा सहयोग गर्ने बताउनुभयो ।
बिहिवार कपिलवस्तुको बिजयनगर गाउँपालिका ७ गणेशपुरमा रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरमा भवन निर्माण स्थलको अनुगमन गर्दै मन्त्री केसीले सीमा क्षेत्र सँग जोडिएको क्षेत्रमा शान्ति सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशको रु २ करोडको लागतमा निर्माण हुने भवनको काम यस वर्ष बाट सुरु हुने मन्त्री केसीले जनाउनुभयो । नागरिकहरु तिब्र विकासका आशामा रहेकोले बिजयनगर भविष्य उज्यालो रहेको बताउनुभयो । अन्य ठाउँका जग्गाहरु खण्डीकृत रहेपनि बिजयनगरमा भने एकिकृत रहेकोले यहाँ कृषिमा ठुला प्लान्टहरु संचालन गर्न सकिने बताउनुभयो ।
प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले धेरै पहिलो निर्माण भएको जिर्ण भवनबाट काम भइरहेकोले अब नया भवन निर्माण हुने बताउनुभयो । प्रदेश सरकारले शान्ति सुरक्षालाई प्राथमिकता दिएर काम गरेको उहाँले बताउनुभयो । बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले लामो समयदेखि पर्खाईमा रहेको प्रहरी कार्यालयको भवन बन्ने भएपछि खुसि व्यक्त गर्नुभयो ।
भारत सँगको सिमा क्षेत्रमा जोडिएको ईलाका प्रहरी कार्यालय गणेशपुरको भवन जिर्ण बनेको छ । प्रहरी कार्यालयको भवन जिर्ण बन्दा प्रहरीको सेवा प्रवाह तथा कामकाजमा समस्या रहेको छ । उक्त जिर्ण रहेको भवनलाई प्रहरी सुत्नको लागि प्रयोग गरिएको छ ।कार्यालयको पुर्व पट्टी रहेको उक्त भवनको गारो भत्किएको,छत वाट पानी चुहुने रहेकोले वर्षायातको समयमा अझ समस्या हुने गरको छ । प्रहरी भबन बन्ने भएपछि बस्नको लागि सहज हुने विश्वास छ ।
मन्त्री केसीले बिहिवार नै ईलाका प्रहरी कार्यालय सुन्दरीडाडा,ईलाका प्रहरी कार्यालय कृष्णनगर,भन्सार कार्यालय कृष्णनगरको समेत निरिक्षण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma