कृष्ण गैरे ,पौष ०२ कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालीका वडा न २ मा फुटवल प्रतियोगीता सुरु भएको छ । मिलनशिल सामाजीक केन्द्रको आयोजनामा नकाउट फुटवल प्रतियोगीता सुरु भएको हो । कोभिड १९ को कारण लामो समय सम्म फुटवल खेल्न नपाएका खेलाडीहरु प्रतियोगीता आयोजना भएपछि खुशि भएका छन ।
१५ टिमको सहभागीता रहेको प्रतियोगीताको शिवराज नगरपालीका वडा न २ का वडा अध्यक्ष राम वहादुर चौधरीले उदघाटन गरेका छन । खेलको उदघाटन गर्दै अध्यक्ष चौधरीले खेलकुदको विकासको लागी वडामा विभिन्न योजनाहरु अगाडी वढाएको वताएका छन । खेलाडीको क्षमता अभिवृद्धीको लागी खेल साम्रागी र खेलमैदानको विकासको लागी वजेट व्यवस्थापन गरेको समेत वताएका छन ।
कोभिड १९ को कारण प्रतियोगीताहरु आयोजना नहुदा युवाहरुमा निरासा देखिएकोमा प्रतियोगीताले युवाहरुको शारीरिक दन्तुरस्तीको लागी पनि महत्वपुर्ण हुने विश्वास व्यतm गरेका छन । उदघाटन समारोहमा शिवराज नगरपालीकाका कार्यपालीका सदस्य नकुल विक , नेपाली कांग्रेसका क्षेत्रीय सचिव कमल वहादुर क्षेत्री , नेकपाका वडा अध्यक्ष रामकृष्ण रेग्मी, नेपाली कांग्रेसका वडा सभापति प्रकाश न्यौपाने लगाएतले प्रतियोगीताको सफलताको कामना गरेका थिए । कार्यक्रम मिलनशिल युवा कल्वका अध्यक्ष भिम सिंह खत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । प्रतियोगीतामा आज वालपुर र आयोजक टिम विच प्रतिस्पर्दा भएको आयोजकले जनाएको छ ।

0Shares