Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

खरको छानो हटाएर टिनले छाउँदै

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा
शिवराज नगरपालिका वडा ३ मदवाकी एकल महिला लक्ष्मी कुमाललाई वर्षादको समयमा घरमा पानी चुहिएर कहिलै पुरा रात सुत्न दिएन् । गर्मीको समयमा बाहिरै सुतेपनि वर्षाको समयमा भने उनलाई समस्या हुदै आएको थियो । धेरै वर्ष पहिले घरको छानो खरले छाएको भएकाले जताततै वाट पानी चुहिन लागेपछि उनलाई वर्षेनी दुख हुँदै आएको थियो । छानोमा कहिले पलास्टिकले छोप्नुपथ्र्याे त कहिले नसुती रात बित्ने गथ्र्यँो ।
त्यही वडाका सन्तराम चौधरीको पनि समस्या उस्तै छ । ज्यालादारी गरेर जिविको पार्जन गरेका चौधरीले घरमा टिनले छाउने सोचेका थिएनन् । कमाएको रकमले बिहाँन साँझ छाक टार्न समस्या भइरहेको बेला जसोतसो खरले छाएको घरमा गुजारा चलाइरहेका थिए । यस वर्ष कुमाल र चौधरीको घरमा टिनले छाएको छ । शिवराज नगरपालिकाले नगरका ४४० घरमा टिन बितरण गरे सँगै उनीहरुको घरमा पनि टिन टल्कीएको छ । पुरानो घरमा रहेका खाबा र काठ प्रयोग गरेर अहिले टिनले छाएको सन्तराम चौधरीले बताए । “गरिबिका कारण टिनले छाउन सकेका थिएनौ, यस वर्ष नगरपालिकाले टिन दियो, चौधरीले भने, “टिनमा लाग्ने खर्च लागेन अरु काम घरपरिवार मिलेर गरेका छौ, ।”
जनप्रतिनिधिहरुमार्फत पटक पटक टिन माग गरेकोले अहिले सम्बोधन गरेकोमा चौधरीले धन्यवाद दिए । “अहिले खुसी छौ, उनले भने “गर्मीयाममा आगोको डर त्यसमाथि पानी परेको बेला चुहिने समस्या अब हटेको छ, ।” शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले बिपन्न नागरिकहरुलाई छनोट गरेर टिन बितरण गरेको बताउनुभयो । आम्दानी गर्न नसक्ने वर्षौ देखि चुहिने घरमा बसेकाहरुलाई टिन बितरण गरेको उहाँले बताउनुभयो । नगरले गत वर्ष देखि खरको छानो हटाउने अभियान थालेको छ । आर्थिक वर्ष २०७६। ७७ मा नगरका ४४० खरको छानो हटाएर जस्तापाता वितरण गरेको नगरप्रमु्ख नेत्रराज अधिकारीले बताउनुभयोे ।
नगरपालिकाले खरको छानो भएका घरधुरीलाई जस्तापाता अनुदानमा दिएपछि घरघरमा जस्तापाता लगाउने कार्य भइरहेकोे उहाँले बताउनुभयो । लुम्बिनी प्रदेश र नगरपालिकाको एक करोड ९० लाख रुपैयाँको लागतमा जस्तापाता खरीद गरी वितरण गरिएको अधिकारीको भनाई छ । “प्रत्येक वडामा ४० जना नागरिकहरुलाई जस्ता पाता बितरण गरेका छौ, अधिकारीेले भन्नुभयो “हाम्रो कार्यकाल अवधिमा नगरलाई खरको छानो मुक्त बनाउछौ, ।” नगरका अतिविपन्न, असहाय, एकल महिला र अपांगता भएका नागरिकका घरमा रहेका खरको छानो हटाएर जस्तापाता प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma