काठमाडौं,५ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु भएको हो ।
राष्ट्रपति भण्डारीद्धारा नेपालको संबिधानको धारा ७६ को उपधारा १ र ७ बमोजिम संसद बिघटन गरी वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

0Shares