Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

ओली सरकार विरुद्ध सशक्त रुपमा उत्रदै कपिलवस्तु कांग्रेस

संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तु आन्दोलनमा होमिने भएको छ । नेपाली कांग्रेस क्षेत्र नं. ३ ‘२’ ले कृष्णनगर उद्योग वाणिज्य संघमा राखेको देशमा उत्पन्न राजनैतिक संकट र नेपाली कांग्रेसको भुमिका विषयक कार्यक्रममा जिल्ला तथा केन्द्रिय नेताहरुले १३ गतेबाट नै सरकार विरुद्ध विरोध र सडक आन्दोलनमा उत्रने बताएका छन् ।
कार्यक्रममा वोल्दै पूर्व मन्त्री एवं पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले केपी ओली सरकार र राष्ट्रपतिको मिलोमतोमा लोकतन्त्रमाथि गम्भीर खेलवाड भएको बताउनुभयो । उहाँले सरकार लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपत्ती जनाउदै जिल्लाका निर्वाचन क्षेत्र तथा पालिकाहरुमा त्यसको विरुद्ध खरो रुपमा उत्रन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
तीन वर्षमा जनतालाई सास्ती मात्र दिएको सरकारले लोकतन्त्रलाई समेत धरापमा पारेको हुँदा अव लोकतन्त्रकोे रक्षा गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको ठोकुवा गर्नुभयो ।युवा नेता एवं पार्टीका आमन्त्रित केन्द्रिय सदस्य अभिषेक प्रताप शाहले अवको समय नेपालमा कांग्रेसको शासन चल्ने दाबी गर्नुभयो । तीन वर्ष नेकपा पार्टीले पाएको बहुमतबाट जनता आजित भएको भन्दै ९ महिना बन्द रहेको पशुपतिनाथ मन्दिरको ढोका खोले संगै नेपाली कांग्रेस पनि अब शसक्त रुपमा आएको बताउनुभयो ।कार्यक्रममा आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंहले वर्तमान सरकारको पालामा जनताले एक बोरा मलखाद पनि पाउन नसकेको र विकास निमार्ण जस्ता काम पनि गर्न नसकेकोल आगामी दिनमा नेपाली कांग्रेसको पक्षमा जनलहर चलेको बताउनुभयो ।
कार्यक्रममा पूर्व पार्टी जिल्ला सभापति राजेश आचार्य, सुधाकर पाण्डेय, प्रदेश सभा सदस्य रिना नेपाल, जिल्ला सचिव प्रेम बहादुर रायमाझी, क्षेत्रिय सभापति अकेल मिया, गिरिजेश कुमार पाण्डेय, युवा नेता अजय थापा, हरि पोख्रेल, राजेश ज्ञवाली, शक्ति सिंह ठकुरी, मिना केसी, तिलक थापा लगायतले बर्तमान राजनैतिक अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।क्षेत्रिय सभापति विनय कुमार गिरिको अध्यक्षता र अमर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।यता नेपाली कांग्रेसले केन्द्रिय परिपत्र अनुसार सरकारले गरेको असंबैधानिक कदमका विरुद्ध यहि १३ गते प्रत्येक निर्वाचन क्षेत्रमा विरोध सभा गर्ने जिल्ला सभापति आचार्यले बताउनुभयो । क्षेत्र नं. १ को बुद्ध रंगशालामा कार्यकर्ता जुटेर ४ नं जितपुरमा विरोध प्रदर्शन गर्ने क्षेत्रिय सचिव प्रेम प्रसाद पौडेलले बताउनुभयो ।

क्षेत्र नं २ को महाराजगंज नगरपालिका क्षेत्रमा विरोध सभा गर्ने क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठले बताउनुभयो । उता क्षेत्र नं ३ मा शिवराज नगरपालिकाको चन्द्रौटामा विरोध सभा गर्ने तयारी भएको क्षेत्रिय सभापति अकेल मियाले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma