Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

च्याउँ फर्ममा आगलागी, ३३ लाखको क्षती

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको सृष्टी च्याउँ फर्ममा आगलागी भएको छ । आज दिउँसो २ बजे लागेको आगोले फर्मका तिन वटा टहरा जलेर पूर्ण रुपमा नष्ट भएका छन् । उक्त टहरामा उत्पादन भएको ५ हजार किलो च्याउँ समेत खरानी भएको छ । आगालागी कारण रु ३३ लाख बराबरको क्षती भएको फर्मका संचालक श्यामराज सुवेदिले बताउनुभयो । “हामी काम गरिरहेका थियौ, टहरा नजिकै बालवालिका थिए, एक्कासी आगो दन्कीयो,आधा घण्टामै सखाप भयो, सुवेदीले भन्नुभयो, “छरछिमेकि र पानीको जाहो गर्दा गर्दै सबै च्याउ नष्ट भयो, । फुसको टहरा भएकोले स्थानिय तथा प्रहरी पुग्दा आगोले नष्ट गरिसकेको थियो । बिक्रिको लागि तयार भएको च्याउँ नष्ट भएपछि संचालक चिन्तीत भएका छन् । बालवालिकाहरु खेल्दै गर्दा आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma