Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

“किशोरी संवाद प्रभावकारी बन्यो”

माधव बेल्बासे
कपिलवस्तु चन्द्रौटा,१३ पुस
किशोरीहरुलाई एकजुट गराएर संवाद संचालन गरेकोले यो कार्यक्रम प्रभावकारी बनेको शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । किडार्क नेपाल कपिलवस्तुले सोमबार आयोजना गरेको वार्षिक समिक्षात्मक कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले संवादले किशोरीको क्षमतमा विकास भएको जनाउनुभयो । प्रत्येक दिन दुई घण्टा संवाद कक्षा संचालन गरेर किशोरीहरुलाई शिक्षा प्रदान गरेकोमा यसले सम्रग नगरमा शिक्षाको पहँुचमा वृद्धि भएको बताउनुभयो ।
कार्यक्रममा सुझाव दिदै वडा न १ का अध्यक्ष जगत बहादुर जिसीले किडार्क नेपालले गरेको कामको प्रशंसा गर्नुभयो । समाजमा रहेका विकृतलाई हटाउन किडार्कको लागानी धेरै रहेकोले यसले समाज रुपान्तरणमा सहयोग पुगेको बताउनुभयो । बाहिर आउन डराउने किशोरीहरु अहिले समाजको नेतृत्व गर्न सक्ने क्षमता रहेकोले यसलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
दिगो तथा मर्यादित आर्थिक सामाजिक शसक्तिकरण कार्यक्रम सिडस अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिका र शिवराज नगरपालिकामा ३३ वटा संवाद केन्द्रहरु संचालन भइरहेको किडार्क नेपालका जिल्ला संयोजक हरि प्रसाद लौडारीले बताउनुभयो । विपन्न समुदायलाई आर्थिक सशक्तिकरण गराउने उद्देश्यले १८ सय घरधुरीलाई जिविको पार्जन तथा आर्थीक रुपमा आत्मनिर्भर बनाउन विभिन्न सहयोग गरेको उहाँले बताउनुभयो ।
किशोरीहरुलाई सिपमुलक तालिम,विपन्न समुदायका नागरिकहरुलाई बाख्रा पालन, लगाएत उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आर्थिक सहयोग गरेको लौडारीले बताउनुभयो । सन २०२३ सम्म संचालन हुने उक्त कार्यक्रमले नागरिकहरुको जिवनयापन फेरीएको बताउनुभयो । कार्यक्रम संचालन भएको क्षेत्रमा सरसफाई,बालविवाह नियन्त्रण,भष्ट्रचार नियन्त्रण तथा सामाजमा रहेका विकृतिहरुलाई अन्त्य गर्न सेतनामुलक कार्यक्रमहरु गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा यस वर्ष सम्पन्न भएका कार्यक्रमहरुको बारेमा अनुगमन अधिकृत बिदुर कुमार आलेले जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma