व्यापार संघ कपिलवस्तुको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघको सभाहलमा भएको कार्यक्रममा ६५ जनाले रक्तदान गरेको अध्यक्ष महादेव पोख्रलेले बताउनुभयो । रक्तदान कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी संघको स्थापना काल देखि निरन्तर रुपमा मानविय तथा सामाजिक कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गरी धेरै नेपालीहरु ज्यान जोगाउन सहयोग गरेको भन्दै आगामी दिनमा पनि सामाजिक काम गर्न आग्रह गर्नुभयो । शिवराज नगरपालिका,बिजयनगर गाउँपालिका,महाराजगंज नगरपालिका किडार्क नेपालको सहयोगमा रक्तसंचार केन्द्र बुटवल प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।
संघका अध्यक्ष पोख्रेलले मानवीय कार्य रहेकोले सबैलाई रक्तदान गर्न सहयोग गरेको धन्यवाद दिनुभयो । देशभर रगतको अभाव भईरहेको अवस्थामा एक पोका रगतले कसैको जिवन बचाउन सकिने भएकाले रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो

0Shares