मोफसल खबर
पौष १४
कपिलवस्तुको शिवराज नगरपालिकामा पूर्ण खोपको दिगोपनको लागी अभिमूखिकरण कार्यक्रमम सम्पन्न भएको छ । पालिका स्तरमा खोप र सरसफाई प्रर्बद्धन कार्यक्रमको समिक्षा सुस्म योजना अध्यावधिक र पालिका खोप समन्वयन समितिको २ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न हो ।


जिल्लामा नै पहिलो पूर्ण खोप घोषणा भएको शिवराज नगरपालिकामा हाल केहि बच्चा खोप लिनबाट छुटेकाले पूर्ण खोपको दिगोपनाका लागी अभिमूखिकरण कार्यक्रम गरिएको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताउनु भयो । हाल नगरमय ८२ प्रतिशत बच्चाले मात्रै सबै खोप लिएको तथ्यांक रहेको बताउदै यसलाई शतप्रतिशत पुराउन कार्यक्रमबाट योजना बनाइएको उहाले बताउनु भयो । शिवराज नगरपालिकाका सम्पूर्ण स्वास्थ्य चौकी प्रमुख , स्वास्थ्य कर्मिको सहभागिता रहेको कार्यक्रमले पूर्ण खोपको दिगोपनका लागी घरधुरी सर्बेक्षण गरि खोप लिए नलिएको एकिन तथ्यांक संकलन गर्ने योजना बनाएको छ । यहिमा माघ महिनाबाट नगरका सम्पूर्ण घर धुरीको सर्वेक्षण गरि बैशाख पहिलो सातामा वडा बाट प्रमाणित गर्ने र दोस्रो सातामा नगरबाट प्रमाणित गरी रणनिति निर्माण गरी शतप्रतिशत खोप लागु गर्ने स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो ।

0Shares